देश/प्रदेश

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

Banner

काठमाडौं, मंसिर ३०–

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको गयराती निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको परिवारले जनाएको छ
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । भट्टराई तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>