देश/प्रदेश

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा दुई महिलाको मृत्यु, चार घाइते

Banner

काठमाडौं मंसिर २५

कञ्चनपुरमा बुधबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन्।

महाकाली नगरपालिका २ मा रहेको मायापुरी सामुदायिक वनमा बिहान घासदाउरा गर्न गएको बेला हात्तीले उनीहरुमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

आक्रमणबाट ज्यान गुमाउनेमा ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा छन् ।

घाइेतहरुमा स्थानीय सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद छन् । घाइतेलाई उपचारका लागि भारत लगिएको छ । दुईओटा हात्तीको समूहले उनीहरुमाथि आक्रमण गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>