चितवन विशेष

कम्युनिष्ट कार्यकर्ता इमान्दार नभए संमृद्धी आउँदैनः नेता थपलिया

Banner

चितवन,मंसिर २३-

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का प्रदेश नम्वर ३ सचिवालय सदस्य तथा मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलियाले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता इमान्दार नभए मुलुकमा संमृद्धी आउन नसक्ने बताएका छन् ।

राप्ती नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेत थपलियाले कम्युनिष्ट कार्यकर्ता देश र जनताप्रति समर्पित हुनुपर्ने बताए । ‘जनताले विश्वास गरेर कम्युनिष्ट पार्टीलाई पहिलो पार्टी बनाएका छन,उनले भने’,हामीले किसान र मजदुरको पक्षमा काम गर्न सक्नुपर्छ ।’ कम्युनिष्ट पार्टी स्थापना गर्दै समाजबाद ल्याउने सपना पुष्पलालले देखेको भन्दै उनले त्यो दायित्व नयाँ पुुस्तामा आएको बताए ।

नेकपा नेतृत्वको सरकारले अहिले धमाधम विकास निर्माणका काम गरिरहेको बताए । उनले समृद्धिको रुपरेखा कोरिदैं गरेकोले धैर्य गर्न सबैमा आग्रह गरे । अवको ३ बर्षभित्र मुलुकमा विकास र सुशासनलाई आम जनताले अनुभुत गर्नेगरी काम भइरहेको नेता थपलियाको भनाई छ ।

सो अगुवा कार्यकर्ता भेलामा राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा, नेकपाका जिल्ला सदस्यहरु घनश्याम कँडेल,मानबहादुर स्याङ्बो, अनेरास्ववियू केन्द्रिय कमिटीका नेता स्वरुप सुयाल,जेष्ठ कम्युनिस्ट मंचका सदस्य फणीन्द्र पाठक,अमर बहादुर तामाङ लगायतका अतिथिहरुले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>