खेलकुद

नेपाली महिला फुटबल टिम भारतसंग पराजय भएपछि प्रशिक्षक खड्काद्वारा राजीनामा घोषणा

Banner

काठमाडौँ मंसिर २३-

नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । १३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा २ ० गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् ।
उनले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरे ।

यसअघि लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँग १ ० गोलले हारेको थियो ।

खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएको थियो । जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ बारबारीमा टुंगिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>