खेलकुद

साग महिला फुटबल : २ – ० गोलले नेपाललाई हराउदै भारत विजयी

Banner

कास्की मंसिर २३-

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा भारतसँग नेपाल २(० ले पराजित भएको छ ।

पोखरा रंगशालामा भएको खेलमा खेलको १८ औं मिनेटमा नेपालले पहिलो गोल खान पुग्यो । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै भारतका लागि बाला देवीले गोल गरिन् ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको सुरूवातमा नै अर्को गोल खायो । भारतका लागि बाला देवीले नै खेलको ५६औँ मिनेटमा दोस्रो गोल गरिन् ।

नेपालले भारतलाई हराउँदै सागमा ऐतिहासिक स्वर्ण पदक जित्ने योजना बनाए पनि त्यो सफल हुन पाएन । सागमा जहिले पनि नेपाल भारतसँग पराजित हुँदै आएको छ । यो प्रतियोगिताको लिग चरणमा पनि नेपाल भारतसँग एक शून्यले नै पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>