देश/प्रदेश
पोलमा कार ठोक्किदा ग्लोबल आईएमई बैङ्कका शाखा प्रमुखको मृत्यु
०

बुटवल मंसिर , २३-
कपिलवस्तुमा आज बिहान कार दुर्घटना परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को बोडगाउँ नजिकै बा ८ च ६३९० नम्बरको कार दुर्घटना भएको हो ।दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरका अन्दाजी २९ वर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ ।पाण्डे ग्लोबल आईएमई बैङ्क बनगाइका शाखा प्रमुख रहेको खुलेको छ । पाण्डेले सो कार आफै चलाएका थिए ।
घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ । अरुको चार नम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको कार अनियन्त्रित भएर सडक नजिकै रहेको विद्युतको पोलमा ठोक्किएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























