देश/प्रदेश
कोहलपुरमा कर्फ्यु आदेश जारी,घाइते बालिकालाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्याइंदै
०

काठमाडौं मंसिर २२-
स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएपछि तनाबग्रस्त बनेको कोहलपुरमा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको छ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले स्थिति नियन्त्रणबाहिर गएपछि कर्फ्यु लगाइएको जानकारी दिए। दिउँसो ३ बजेदेखि कर्फ्यु लगाइएको हो।
आज बिहान कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले कोहलपुर–१० स्थित त्रिभुवन मावि कक्षा सातमा अध्ययनरत प्रकृति चन्दलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।
घाइते बालिकालाई शिक्षण अस्पताल कोहलपुरमा उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं पुर्याइंदैछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























