देश/प्रदेश

हात्तीबाट धान र तरकारी क्षति

Banner

 

धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूहले गएराति सप्तरीको शम्भुनाथ नगरपालिका–८ बैरयाहीस्थित सकुर मियाँको घरको झ्याल भत्काई सात मन धान खाएको मियाँले बताए ।

धान खान आउने हात्तीले कुल्चिएर लगाएको बालीसमेत नोक्सान गर्ने गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको समूहले कुल्चिएर अगमलाल चौधरीको दुई कठ्ठा खेतमा लगाएको आलु र इनुस मियाँले दुई कठ्ठा खेतमा लगाएको कोबी नोक्सान गरी दिएको स्थानीय सरस्वती चौधरीले बताउए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>