खेलकुद
साग पुरुष फुटबलः श्रीलंकालाई हराउँदै भुटान फाइनलमा प्रवेश
०

काठमाडौं, मंसिर २१–
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत भूटान पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै भूटान स्वर्ण पदक नजिक पुगेको हो ।
भूटानका लागि खेलको १९औँ मिनेटमा छिमी दोर्जीले पहिलो गोल गरेका थिए । यस्तै खेलको ६१औँ मिनेटमा दावा छिरिङले दोस्रो गोल गरे । खेलको ८०औँ मिनेटमा एशी दोर्जीले गोल गर्दै भूटानलाई ३–० को स्थितिमा पुर्याए । भूटान पहिलोपटक साग फुटबलको फाइनलमा पुगेको हो । यसअघिका सागमा भूटान समूह चरणबाटै बाहिरिँदै आएको थियो ।
आइतबार हुने नेपाल र बङ्गलादेशबीचको खेलको विजेतासँग भूटानले स्वर्ण पदकका लागि फाइनल खेल्नेछ । चार खेलमा नौ अङ्क जोड्दै भूटान शीर्षस्थानमा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























