मकवानपुर

संजीवनी सहकारीको अध्यक्षमा जानकी चौधरी निर्वाचित

Banner

हेटौंडा, मंसिर २१–

संजीवनी बचत तथा ऋण सहकारी संस्था हेटौंडाको अध्यक्षमा जानकी चौधरी निर्वाचित भएकी छन् ।

आज (शनिबार) भएको निर्वाचनमा दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै चौधरी अध्यक्षमा निर्वाचित भएकी हुन् । चौधरीले ५६९ मत ल्याइन् भने रणबहादुर कार्कीले ५१२ र विनोद पुडासैनीले ३४९ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित चौधरी नेकपा निकट हुन् । सो सहकारीमा थारु समुदायबाट अध्यक्षमा निर्वाचित भएको चौधरी पहिलो व्यक्ति हुन् ।

यस्तै संस्थाको सदस्यहरुमा पदमबहादुर बजगाई, संजीव श्रेष्ठ, इश्वरी पोखरेल चालिसे, देवीबहादुर बुढाथोकी, यमबहादुर श्रेष्ठ, सुशील घिमिरे र सुदीप सापकोटा निर्वाचित भएका छन् । त्यस्तै संस्थाको लेखा समिति सदस्यमा खेमराज श्रेष्ठ र रिता दवाडी निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>