गण्डकी

नयाँ भवन जीवन ज्योती माध्यामिक विद्यालयलाई हस्तान्तरण

Banner

गोरखा, मंसिर २१–

गोर्खाको पालुङटार नगरपालिका–७ च्याङली स्थित श्री जीवन ज्योती माध्यामिक विद्यालयको भवन पुनःनिर्माण पछि विद्यालयलाई हस्तान्तरण गरिएको छ । ७ करोड ५० लाख रुपैयाँमा विद्यालयको तीन तलाका तीन वटा भवन निर्माण गरिएका छन् ।

विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय सहितको भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न गरिएको छ । तोकिएको १८ महिना भित्रै निर्माण सम्पन्न गरी विद्यालय भवन हस्तान्तरण गर्न लागिएको ईन्जिनियर निशान अधिकारीले जानकारी दिए । अपाङमैत्री विद्यालय भवनमा सौर्य उर्जा समेत जडान गरिएको छ । कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा ९ सय विद्यार्थी अध्ययनरत छन् । २०७२ सालको भुकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि राष्ट्रिय पुनः निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा मार्फत जापानी सहयोग नियोग जाईकाको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो ।

विद्यालय हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सूचना प्रविधिको सहयोगबाट अध्ययापन सहज बनाउन कम्प्युटर लगायतका उपकरण उपलब्ध गराउन सहयोग गर्ने बताए । विद्यालयका लागी अझै भवन अपुग रहेकाले थप निर्माणको आवश्यकताका लागी मध्यनजर गर्दै पहल गर्ने बताए । विद्यालय भवन निर्माण कम्पनी निर्माण कम्पनी एम.बि. गौरी, पार्वती जेभीले जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा गोर्खालाई हस्तान्तरण गरेको हो । इकाईले पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेललाई र कँडेलले विद्यालय ब्यवस्थापन समिति मार्फत प्रधानाध्यापक बद्रीबहादुर पाण्डेलाई विद्यालयको चाबी हस्तान्तरण गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>