नवलपुर

लैंगिक हिंसा अन्त्य गर्न एक जुट हुन आवश्यकः सांसद महत

Banner

नवलपुर, मंसिर २०

प्रतिनिधिसभा सदस्य सांसद तिलक महतले सबै खाले लैंगिक हिंसा अन्त्य गर्न एक जुट हुनपर्ने बताएका छन् । महिला माथि हुने विभिन्न प्रकृतिका हिंसाको अन्त्य गर्न सबै एक जुट हुनुपर्ने सांसद महतले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नवलपुरको आयोजनामा आज (शुक्रबार) कावासोतीमा भएको आमसभालाई सम्बोधन गर्दै सांसद महतले सबै प्रकृतिको हिंसा अन्त्य गर्न सरकार गम्भीर रहेको समेत बताए । त्यसको लागि सरकारसंगै सबै सरोकारवालाको महत्वपूर्ण भूमिका रहने भन्दै सांसद महतले सबै प्रकृतिका लैंगिक हिंसा अन्त्यको लागि सबै जना गम्भीर हुन आवश्यक रहेको बताए ।

साथै उनले अर्को प्रसंगमा सामुदायिक वन उपभोक्ता समूहहरुले लैंगिक समनाता र समातामुलक समाजको निर्माणमा पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै उपभोक्ताहरुलाई अधिकार सुरक्षित गर्न सरकार गम्भीर रहेको बताए । सामुदायिक वनहरु माथि लगाइएको तेहेरो करको विषयमा आएको विरोध र गुनासोको विषयमा आफुले सम्बन्धित निकायमा आप्mनो तर्फबाट विषय उठान गर्ने प्रतिवद्धता समेत जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>