नवलपुर

सीमा रक्षाको विषयमा सरकारले चासो देखाएनः देउवा

Banner

ज्ञानु पंगेनी

नवलपुर, मंसिर २०–

नेपाली काँग्रेसका सभापती एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले जारी गरेको नक्साको विषयमा सरकारले चासो नदिएको आारोप लगाएका छन् ।

नेपाल प्रेस युनियन नवलपुर शाखाले आज (शुक्रबार) आयोजना गरेको ‘सूर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले भारतले जारि गरेको नक्साको विषयमा सरकारले भारतसँग कुनै ठोस छलफल गर्न नसकेको बताए । सरकार आफैले भारतसंग कुटनैतिक रुपमा सीमा विवाद समाधान गर्न पहल गर्नुपर्नेमा सारा नेपाली जनता र काँग्रेस पार्टीले समेत समर्थन गरेको अवस्थामा पनि सरकार मुकदर्शक भएर बसेको देउवाको आरोप छ ।

आफू प्रधानमन्त्री हुँदा भारतसँग गरिएको महाकाली सम्झौतामा स्पष्ट रुपमा महाकाली नदी पूर्वको भाग नेपालको भनेर लेखिएको र कालापानी लिपुलेक लिम्पियाधुरा काली पूवर्् पर्ने भएकाले भारतले जारी गरेको नक्साको कुनै अर्थ नरहेको समेत देउवाले बताए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, प्रदिप पौडेल, देवेन्द्रराज कंडेल, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल लगाएतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>