नवलपुर

मध्यविन्दुमा सांस्कृतिक तथा नेवाः खाना महोत्सव हुने

Banner

नवलपुर, मंसिर १९–

नवलपुरको मध्यविन्दु नगरपालिकाको अरुणखोलामा मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव हुने भएको छ ।

नेवा समुदायको कला धर्म, संस्कृतिको उत्थान, नेवा समुदायको खानाको परिकार प्रचार प्रसारका लागि नेवाः देय् दबू नवलपुरको आयोजनामा आउँदो पुस ७ गतेदेखि १७ गतेसम्म अरुणखोलामा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा नेवारी खानाका स्टल र नेवार समुदायको संस्कृती झल्कने नृत्य तथा झाँकी प्रमुख आकर्षणको केन्द्र हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता समेत रहने महोत्सवमा नेवारी संग्रालय, डुङ्गा सयर, कृषि र व्यापारिक प्रदर्शनी, जिल्ला स्तरीय दोहोरी गीत प्रतियोगिता, सेल्फी जोन, मिस नेवाः प्रतियोगिता, बाल उद्यान लगायत आकर्षण रहने बिहीबार अरुणखोलामा पत्रकार सम्मेलनमा संरक्षक हरिकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवबाट संकलित रकम नेवाः समुदायको कला, सँस्कृति खानाका परिकार प्रवद्र्धनमा खर्च गरिने उनले बताए ।

महोत्वमा करिब १ सय ५० स्टल रहने र तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको नेवाः देय् दबू नवलपुरका अध्यक्ष एवंम् मेलाका संयोजक कृष्णकुमार श्रेष्ठले बताए । मेलामा करीब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको संयोजक श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>