नवलपुर

भीरबाट मोटरसाईकल खस्दा एकको मृत्यु

Banner

नवलपुर, मंसिर १९–

नवलपुरका हुप्सेकोट गाउँपालिका–५, पाङ्गे्रस्थित बिहीबार दिउँसो भीरबाट मोटरसाईकल खस्दा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी बुलिङटार गाउँपालिका भारतीपुर बस्ने ५५ वर्षीय बुद्धिमान श्रेष्ठको मृत्यु भएको हो । ना२८प २२६० नम्बरको मोटरसाईकल भीरबाट खस्दा उनको मृत्यु भएको हो । बुलिङटारबाट दलदलेतर्फ आउँदै गर्दा मोटरसाईकल भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।

बाटो निर्माण स्थलमा साँघुरो सडकका कारण मोटरसाईकल ढुङ्गामा ठोक्किएर भीरबाट खसेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक भारतीपुरकै ५२ वर्षीय राम्जी श्रेष्ठ गम्भिर घाइते भएका छन् । उनलाई भीरमा खसेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मोटरसाईकल सडकदेखि झण्डै सय मिटर तल खसेको हो ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>