नवलपुर

नवलपुरमा मौलाउँदै भ्रष्टचारः चार महिनामा ५६ उजुरी

Banner

ज्ञानु पंगेनी

नवलप्र, मंसिर १९–

नवलपरासी पूर्व नवलपुरमा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा ५६ वटा भ्रष्टचार सम्बन्धी उजुरी दर्ता भएको छ ।

जिल्लामा चार महिनाको अवधिमा ५६ वटा भ्रष्टचारका घटना सम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख तारानाथ अधिकारीले जानकारी दिए । चार महिनाको अवधिमा नवलपरासी पूर्व नवलपुरमा सबै भन्दा धेरै स्थानीय तह अन्र्तगत शिक्षा क्षेत्रको उजुरी दर्ता भएको उनले बताए । यस अवधिमा शिक्षाका १५ वटा उजुरी दर्ता भएका छन् । त्यसपछि स्थानीय तह अन्र्तगत संघीय मामिलाका योजना सम्बन्धमा १४ वटा उजुरी दर्ता भएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

नवलपुरमा प्रदेश वन तथा वातावरणतर्फ सात, भूमि व्यवस्था तथा गरिबी निवारणतर्फ चार, शिक्षा, विज्ञान तथा प्रविधितर्फ तीन, प्रदेश सिँचाई र स्वास्थ्यतर्फ दुई/दुई वटा भ्रष्टचारका उजुरी दर्ता भएका छन् । यस्तै अर्थ, प्रदेश भूमि व्यवस्था तथा सहकारी, गृह, उर्जा जलश्रोत तथा सिँचाई, प्रदेश खानेपानी र शहरी विकास, युवा तथा खेलकुद, सँस्कृति पर्यटन तथा नागरिक उड्यन, उद्योग वाणिज्य तथा आपूर्ती र शैक्षिक प्रमाण पत्र सम्बन्धी एक/एक वटा उजुरी दर्ता भएको प्रमुख अधिकारीले जानकारी दिए ।

आयोगका अनुसार दर्ता भएका ५६ वटा उजुरी मध्ये २४ वटाको फछ्र्यौट भएका छन् । ३२ वटा उजुरीको फछ्र्यौट गर्न बाँकी रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>