खेलकुद
सावित्राको ह्याट्रिकसंगै माल्दिभ्सविरुद्ध नेपालको जित
०

काठमाडौं मंसिर १९-
पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकाल्दै फाइनलमा स्थान बनाएको छ ।
बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३ ० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँग फाइनल यात्रा पक्का गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले कीर्तिमानी गोलसँग ह्याट्रिक पूरा गरिन् ।
पोखरा रंगशालामा भएको खेलको १६ औँ मिनेटमा साबित्राको गोलमार्फत नेपालले सुरुआती अग्रता बनाएको थियो । खेलको २० औँ मिनेटमा साबित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् ।
खेलको इन्जुरी समयमा साबित्राले ह्याट्रिक पूरा गरेकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























