खेलकुद

सावित्रा बनिन सर्वाधिक गोलकर्ता

Banner

काठमाडौँ मंसिर १९

नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी छन् । १३ औं साग अन्तरगत पोखरामा जारी खेलमा माल्दिभ्सविरुद्ध गोल गरेर उनले सर्वाधिक गोलको उपलब्धि हासिल गरेकी हुन् ।खेलको पहिलो हाफमै उनले दुई गोल गरेकी हुन् ।
उनले यो खेलमा दुई गोल गर्दै नेपालका लागि कुल ३६ गोलको कीर्तिमान बनाएकी हुन्। यअसघि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान पूर्व कप्तान अनु लामाको नाममा थियो। लामाले नेपालका लागि ३५ गोल गरेकी छन्।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो भने माल्दिभ्सलाई भारतले ५–० ले पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>