देश/प्रदेश
प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुँदै
०

काठमाडौं, मंसिर १९–
प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो डिस्चार्ज हुने भएका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई अस्पतालले डिस्चार्ज गर्न लागेको हो । उनलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
एकसाताको उपचारपछि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी आज अस्पताल समेत पुगेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























