कर्णाली

फोनिज कर्णाली प्रदेशमा भूपेन्द्रको नेतृत्व

Banner

सुर्खेत, मङ्सिर १८–

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कर्णाली प्रदेश अध्यक्षमा भूपेन्द्र घर्तीमगर चयन हुनुभएको छ । ‘सञ्चारमा समावेशीता, ऐन कार्यान्वयनमा अनिवार्यता’ भन्ने नाराका साथ आज सम्पन्न प्रादेशिक अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा धर्मरत्न थापामगर (दैलेख) र महिला उपाध्यक्षमा करिष्मा चौधरी (सुर्खेत) महासचिवमा सन्तोष घर्तीमगर (सल्यान) सङ्गठन सचिवमा सपना पुनमगर (रुकुम पश्चिम) तथा संस्थागत सचिवमा डिलबहादुर चौधरी (सुर्खेत) र कोषाध्यक्षमा राजेश कुमाल (सुर्खेत) सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै, खुला सदस्यतर्फ बबी गुरुङ (डोल्पा), दीपा गाहामगर (सुर्खेत) महिला सदस्यतर्फ खीमा गुरुङ (रुकुमपश्चिम), मनकला बुढामगर (कालिकोट) तथा अल्पसङ्ख्यक सदस्यमा छफाल लामा (हुम्ला) चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन आदिवासी जनजाति समुदायले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “युगान्तकारी परिवर्तन ल्याउन आदिवासी जनजाति अगुवाले खेलेको भूमिका अतुलनीय, अविस्मणीय र अनुकरणीय रहेको छ”, उहाँले भन्नुभयो ।

अधिवेशनमा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले आदिवासी जनजातिका मुद्दा दबिएको अवस्थामा रहेकाले सञ्चारकर्मीले समानताको पक्षमा उभिएर कलम चलाउनुपर्ने धारणा राख्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>