देश/प्रदेश

गढीमाई मेला दर्शन गरेर फर्किँदै गरेको जिप दुर्घटना : दुईजनाको मृत्यु , १५ घाइते

Banner

काठमाडौं मंसिर १८-

बाराको प्रसिद्ध गढीमाई मेलाको दर्शन गरेर फर्किँदै गरेको जिप दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । गढीमाईबाट बर्दिवासतर्फ आउँदै गरेको ना ५ च १२२७ नं. को पिकअप जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा भारत सिताही घर भएर ९जनकपुरमा पाहुना आएकी० ७० वर्षीया बरतनिया महतो र धनुषाधाम नगरपालिका -२ की ८० वर्षीया शकुन्तला देवी साहको ज्यान गएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>