खैरहनी

खैरहनीका नवनिर्वाचित वडाध्यक्षहरु बस्नेत र कार्कीले लिए सपथ

Banner

चितवन, मंसिर १७-

खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ का नवनिर्वाचित वडाध्यक्षहरुले आज सपथ ग्रहण गरेका छन् ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले नव निर्वाचित वडाध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ लिए लगत्तै उनीहरुले आजनै पदभार ग्रहणसमेत गरेका छन् ।

हालै सम्पन्न उपनिर्वाचनबाट खैरहनी ४ मा देवबहादुर बस्नेत र खैरहनी–५ मा प्रतिमा कार्की बस्नेत वडाध्यक्षमा निर्वाचित भएका थिए । खैरहनी नगरपालिका–४ का तत्कालिन वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र खैरहनी–५ का वडाध्यक्ष विश्वविजय बस्नेतको विसं २०७४ माघ ६ गते भएको सवारी दुर्घटनामा निधन भएको थियो । उनीहरुको निधन भएपछि खैरहनी ४ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष देवबहादुर बस्नेत र खैरहनी ५ मा रामसिंह चौधरीले कार्यवहाक वडाध्यक्षको रुपमा काम गर्दै आएका थिए । उपनिर्वाचनमा निर्वाचित खैरहनी ५ की वडाध्यक्ष प्रतिमा कार्की तत्कालिन वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् ।

सपथ ग्रहण कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले कानुनको अधिनमा रही कसैको दबाब र प्रभावमा नपरी जनताको इच्छा र आकांक्षा अनुसार काम गर्न नवनिर्वाचित वडाध्यक्षहरुलाई निर्देशन दिए । जनप्रतिनिधि निर्वाचित भएको आधा बाटो आइसक्दा कुनै अवरोध नआएको भन्दै प्रमुख चौधरीले बाँकी समय पनि सहकार्य र समन्वय गरेर काम गर्नुपर्ने बताए । कार्यक्रममा खैरहनी नगर उपप्रमुख सुनिता थपलिया, नेपाली कांग्रस खैरहनी नगर सभापति शशीकुमार खनियाँ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>