Uncategorized
जङ्गलमा शव फेला
०

हेटौँडा, मङ्सिर १७
मकवानपुरगढी गाउँपालिका–४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ । आज बिहान मनकामना सामुदायिक वनको जङ्गलमा फेला परेको शव मकवानपुरगढी –४ बस्ने सोमबहादुर पाख्रिनकी श्रीमती अन्दाजी ३९÷४० वर्षीया प्रीतिमायाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यही मङ्सिर १४ गते बेलुका घरबाट हराई बेपत्ता भएकी उनको आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























