देश/प्रदेश
भक्तपुरमा काँग्रेसको फराकिलो अग्रता (ताजा मतपरिणामसहित)
०

काठमाडौं, मंसिर १५–
भक्तपुरको क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना कार्य चलिरहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवारले फराकिलो अग्रता लिएका छन् ।
चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ८ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले फराकिलो अग्रता लिएका छन् ।
चाँगुनारायण नगरपालिका–१ देखि ७ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले १० हजार ३१२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन् ।
गएराति ११ः०० बजे शुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १०ः०० बजेसम्म आउने गरी मतगणना भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























