चितवन विशेष

चितवनमा उपनिर्वाचन : मदतानस्थलदेखि गणनासम्म सिसि क्यामरा

Banner

चितवन ,मंसिर १३-

जिल्लामा उपनिर्वाचन हुने वडाहरुको मतदानदेखि गणनास्थलसम्म सिसी क्यामेरा राखेर निगरानी गरिने भएको छ । भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ एवं ५ मा शनिबार उपनिर्वाचन हुँदैछ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मतदान केन्द्र रहेका कतिपय विद्यालयमा यसअघि नै सिसी क्यामेरा भएकाले त्यसलाई उपयोग गरिएको र आवश्यकतानुसार अन्य केन्द्रमा पनि जडान गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले आवश्यकतानुसार सिसी क्यामेरा जडानको काम भइरहेको जानकारी दिए । भरतपुर महानगरपालिका–१६ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको चितवन जिल्ला अदालत परिसर र खैरहनीको पुरानो नगरपालिका भवनमा मतगणना हुनेछ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>