देश/प्रदेश

विद्यालय समयमा टिपर रोक्न माग

Banner

धम्बोझी, मङ्सिर १३-

बर्दिया सदरमुकाम गुलरिया बजारदेखि जब्दी पुलसम्मको सडकलाई विद्यालय समयमा सुरक्षित सडक घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् । विद्यालय समयमा राधाकृष्ण चोकदेखि शुुरू हुने सडकमा अत्यधिक विद्यार्र्थीको चाप हुने र त्यस सडकमा १२ स्कुल पर्ने भएकाले दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासीले सुरक्षित सडक घोषणा गर्न माग गरेका हुन् ।

सो सडकबाट राधाकृष्ण बगलामुखी, महाकवि लक्ष्मीप्रसाद देवकोटा मावि, जनज्योति हाईयर सेकेण्डरी स्कुल, सनराइज स्कुल, लिटिल ह्याभन, बागेश्वरी बोर्डिङ, जनमुखी, बालमन्दिरलगायत विद्यालयका सयौँं विद्यार्थी आवतजावत गर्ने हँुदा दुर्घटना बढेको भन्दै बिहान साढे ८ः०० देखि साढे १०ः०० बजेसम्म र अपरान्ह ३ः०० देखि साढे ४ः०० बजेसम्म सुरक्षित सडक घोषणा गर्न माग गरिएको छ ।

सडक निकै साँघुरो र विद्यालय समयमा आधादर्जन टिपर गुड्ने हुनाले दुर्घटनाको जोखिम बढेकाले यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको सुहलेवा गाउँका मसुली चौधरीले बताउनुभयो । विद्यालय समयमा सो सडकमा बढी टिपर गुडेपछि विद्यार्थीको यात्रा असुरक्षित भएका तर्फ ध्यानाकर्षण गराउँदा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले तत्काल ट्राफिक प्रहरी परिचालन गरिने बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>