चितवन विशेष

चितवनमा ट्रकको ठक्करले चौधरीको ज्यान गयो

Banner

चितवन, मंसिर १२–

पूर्वीचितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा आज (बिहीबार) दिउँसो मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार राप्ती नगरपालिका–६ हर्दीका २१ वर्षीय विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

मोटरसाइकलका चालक राप्ती–६ का २२ वर्षीय पृथ्वी कुँवर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>