देश/प्रदेश

प्रधानमन्त्रीको ट्वीट : स्वास्थ्यस्थितिबारे शुभेच्छा प्रकट गर्नेलाई धन्यवाद

Banner

काठमाडौं मंसिर १२-

प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। उनले बिहीबार बिहान पौने ११ बजेतिर ट्वीट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्। ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ’ उनले ट्वीटमा भनेका छन्।

ओलीले ट्वीटमार्फत् आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन्।

तीन दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधामन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ। ‘शल्यक्रियापश्चात शघन उपचारकक्षमा निरन्तर निगरानीमा राखेर उपचार भइरहेको छ,’ बिहीबार बिहान १० बजे अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीको शल्यक्रिया गरिएकाले स्वास्थ्य लाभका लागि अझै केही दिन अस्पतालमा आराम गर्नुपर्ने चिकित्सकले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>