देश/प्रदेश
अर्घाखाँची बस दुर्घटना अपडेट : मृतकको संख्या बढेर ८ पुग्यो
०

अर्घाखाँची, मंसिर ११-
अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा आज बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब ४०० मिटर तल खसेको अनलाइनखबरलाई बताए । उनका अनुसार घटनामा ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























