चितवन विशेष

चितवनमा महिला उद्यमी मेला हुने

Banner

 

चितवन, मंसिर १०

उद्योग वाणिज्य संघ चितवनले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला –२०७६ आयोजना गर्ने भएको छ ।

उद्योग वाणिज्य संघ चितवन अन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो । महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशिलता विकासमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष सहनलाल प्रधानले बताए ।

उद्यमशिलता विकास मार्फत् महिलालाई आयआर्जनमा आकर्षित गर्नुका साथै महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रचारप्रसार गर्नमा मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिए । तिन दिनसम्म उद्योग वाणिज्य संघ–चितवनको परिसरमा सञ्चालन गर्न लागिएको उक्त महोत्सवमा महिला उद्यमीद्वारा उत्पादित वस्तुका ३५ वटा स्टलहरु रहने महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले बताइन् । महिला उद्यमी तथा घरेलु, साना तथा लघु उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको उक्त मेलामा चितवन, नवलपरासी, मकवानपुर, धादिङ, पोखरालगायतका महिला उद्यमीको सहभागिता रहने संघका कार्यकारी निर्देशक गौरव खतिवडाले जानकारी दिए । उद्योग वाणिज्य संघ–चितवनले महिला उद्यमीहरुको प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा गत असारदेखि चितवन कोसेली घर सञ्चालनमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>