नवलपुर

प्रथम डाँडाझेरी महोत्सव बिहीबारदेखि

Banner

नवलपुर मंसिर १०-

बुलिङ्टार गाउँपालिका, डाँडाझेरीमा पर्यटन प्रवद्र्धन र स्थानीय कृषि उत्पादनको बजारीकरणका लागि यही मङ्सिर १२ देखि १६ गतेसम्म डाँडाझेरीको भाङ्वारीमा प्रथम डाँडाझेरी महोत्सव हुने भएको छ ।

डाँडाझेरी गैँडाकोट विकास समाजले यहाँको कृषि उत्पादन र पर्यटकीयस्थलको प्रचारप्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । समाजका अध्यक्ष दुर्गाबहादुर मसराङ्गी मगरका अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनका लागि समेत महोत्सव गर्न लागिएको हो । सदरमुकाम कावासोतीबाट करीब ४४ किलोमिटर उत्तरी भाग तथा पूर्वीनवलपुरको गैँडाकोटको कालीगण्डकी करिडरको ४० किलोमिटरको उत्तरपश्चिमको यात्रापछि डाँडाझेरी पुग्न सकिन्छ ।

बुलिङ्टार गाउँपालिकामा रहेका घुमारीघाट, झेरीखण्डे दरबार, देवचुली, वरचुली, विभिन्न जातजातिका परम्परागत लोक नृत्य (कौडा, चुट्का) जस्ता ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणसँगै प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको मगरले जानकारी दिए । डाँडाझेरीमा रहेको संस्कृति, परम्परा उजागार गर्नाका साथै कालीगण्डकी नदीमा जलयात्रा, राजारानी ढुङ्गाको अवलोकन, जलदेवी मन्दिरको दर्शनका साथै स्थानीय उत्पादन सुन्तला, केरा, अदुवा, अम्रिसो आदिको बजारीकरणका लागि महोत्सव महत्वपूर्ण हुने मगरले बताए । महोत्सवमा १० कृषि उत्पादनका कक्षसहित ३० कक्ष रहने बताइएको छ ।

महोत्सव अवलोकनका लागि जाने दर्शकलाई खाना र बस्नका लागि गाउँमै व्यवस्थापन गरिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक मनप्रसाद भाटले बताउ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>