गण्डकी
वडाअध्यक्षको घरमा बम विस्फोट, गाडी क्षतिग्रस्त
०

कास्की,मंसिर ९-
उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा बम विस्फोटका घटना हुन थालेका छन्। सोमबार सबेरै बिहान २ बजेर ४५ मिनेटमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट भएको छ। बम विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
विस्फोटबाट भएको क्षति विवरण खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























