चितवन विशेष
भरतपुरको महाबौद्ध गुम्बा तिनखोलेको मुर्ती र दानपेटिका चोरी
०

चितवन,मंसिर ८-
भरतपुर महानगरपालिका २ मा रहेको महाबौद्ध गुम्बा तिनखोलेमा गएराती चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मुर्ती चोरी भएको र सेफ (गोप्य दान पेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष विमला गुरुङले जानकारी दिइन् । गुम्बामा लगाइएको ताला फोडेर चोरी गरेको उनले बताइन् ।
विहान ४ बजे गुम्बामा पुजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मुचुल्का उठाउनुका साथै चारीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























