लुम्बिनी

नेपालगञ्जमा नयाँ एनसेल सेन्टर

०
Banner

काठमाडौं, मंसिर ६–

एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगञ्जको पुष्पलाल चोक–२ मा बिहीबार नयाँ सुविधा सम्पन्न नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ ।

एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रम माझ उक्त सेन्टरको उद्घाटन गरेका थिए । संचालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत मंसिर ५ देखि मंसिर ७ गतेसम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउने छन् । प्राप्त डेटा भोलुम ३ दिनको लागि मान्य रहनेछ । यसका साथै मंसिर ७ गतेसम्म उतm सेन्टरबाट कारोबार गर्नु हुने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन् ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिमफोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बि लतिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सम्पुर्ण ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्घताअनुरुप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ बजेसम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।
आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>