खैरहनी

बालबालिकालाई युथ क्लवले दियो सरसफाइ सामग्री

Banner

चितवन, मंसिर ५–

अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर युथ क्लब नारायणगढले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका सामग्री वितरण गरेको छ ।

खैरहनी नगरपालिका वडा नं. २ मा रहेको खनाल इट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई बिहीबार सामग्री वितरण गरेको हो । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा आधारभूत विद्यालय पटिहानीका प्रधानाध्यापक सुनमाया लामाले बाल विकासको लागि सरसफाइ अतिआवश्यक भएको बताइन् । व्यक्तिगत सरसफाइमा ध्यान दिन नसक्दा बिरामी हुने र अस्वस्थ बालबालिकाको वृद्धि विकासमा समस्या पर्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनु पर्ने बताइन् ।

कार्यक्रममा पटिहानी स्वास्थ्य चौकीका प्रमुख अनुज मिश्रले अभिभावकले सन्तानको सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा पटिहानी टोल विकास संस्थाका अध्यक्ष तुलसी श्रेष्ठ, युथ क्लब नारायणगढका उपाध्यक्ष शालिग्राम नेपाल, खनाल इट्टा उद्योगका सञ्चालक इश्वरी पण्डित, क्लबका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>