खैरहनी

इँटा उद्योगका बालबालिकालाई सरसफाइ सामग्री वितरण

Banner

चितवन, मंसिर ५-

अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर युथ क्लब नारायणगढले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका सामग्री वितरण गरेको छ ।

खैरहनी नगरपालिका वडा नं. २ मा रहेको खनाल इँटा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई आज सो सामग्री वितरण गरेको हो । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आधारभूत विद्यालय पटिहानीका प्रधानाध्यापक सुनमाया लामाले बाल विकासको लागि सरसफाइ आवशयक भएको बताइन् ।

व्यक्तिगत सरसफाइमा ध्यान दिन नसक्दा बिरामी हुने र अस्वस्थ बालबालिकाको वृद्धि विकासमा समस्या पर्ने भएकाले सरसफाइमा विषेश ध्यान दिनुपर्ने उनले बताइन् । अझ मजदुर वर्गमा सरसफाइमा त्यति ध्यान पुग्न नसक्दा बालबालिकाहरु रोगको शिकार हुने उनको विचार थियो । कार्यक्रममा पटिहानी स्वास्थ्य चौकीका प्रमुख अनुज मिश्रले आफ्ना अभिभावकले सन्तानलाई सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा पटिहानी टोल विकास सस्थाका अध्यक्ष तुलसी श्रेष्ठ, युथ क्लब नारायणगढका उपाध्यक्ष शालिग्राम नेपाल, खनाल इटा उद्योगका सञ्चालक इश्वरी पण्डित, क्लबका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>