देश/प्रदेश

‘एक वर्षमा सुकुम्वासी समस्या समाधान हुन्छ’

Banner

कास्की मंसिर ५-

कास्की निर्वाचन क्षेत्र नं– २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले एक वर्षभित्र सुकुम्वासी समस्या समाधान हुने बताएकी छिन ।

चुनावी प्रचारप्रसार अभियानअन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न वडाका सुकुम्वासी बस्तीमा भएको घरदैलो कार्यक्रममा स्थानीयवासीका गुनासो सुन्दै उनले सुकुम्वासी समस्या सधँैका लागि समाप्त हुने विश्वास दिलाइन ।

पोखरा महानगरपालिका–१७ स्थित हनुमानटोल, रातोपैह्रा, प्रगतिटोल, पुलचोक, बाराहीटोल, नमूनाटोल, बर्खेतरालगायतका विभिन्न आठ वटा सुकुम्वासी बस्तीमा पुग्दा स्थानीय जनताले देखाएको उत्साहलाई कहिल्यै पनि नभुल्ने प्रण गर्दै उनले सुकुम्वासी समस्या समाधानका लागि तीन वटै सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरिन।

निर्वाचन क्षेत्र अन्तर्गतका पोखरा महानगरपालिका–४, ७, ८, ९, ११, १५,१६, १७, २०, २१ र ३३ गरी कूल ११ वटा वडामा धेरै थोरै सुकुम्वासी बस्ती रहेको नेकपा कास्की जिल्ला कमिटी सदस्य ओम पौडेलले जानकारी दिइन।

कास्कीमा तीन हजार ५०० भन्दा बढी सुकुम्वासी परिवार बसोवास गर्दै आएको तथ्याङ्क प्रस्तुत गर्दै नेता पौडेलले भने, “निर्वाचन क्षेत्र नं २ मा कूल सुकुम्वासी सङ्ख्याको ६० प्रतिशत परिवार बसोवास गर्दै आएका छन् ।”घरदैलो पश्चात आयोजित विभिन्न चुनावीसभामा बोल्ने पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका नेताले भूमिहीनलाई जग्गाको मालिक बनाउने अभियानमा सामूहिक प्रयास रहने प्रतिबद्धता व्यक्त गर्दै आएका छन। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>