देश/प्रदेश

भोजपुरमा नचिनेका मानिसले एक महिलाको दुवै स्तन काटिदिएपछि..

Banner

भोजपुर, मंसिर ४–

घटना सुन्दा पनि अचम्म लाग्ने । यो नेपालकै हो । भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् ।

आज (बुधबार) दिउँसो स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी ३० वर्षीया एक महिलाको मकुण्डोधारी २ जनाको समूहले स्तन काटेर भागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिए । उनका अनुसार कपडा धोइरहेकी ती महिलालाई जबरजस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर मुकुण्डाधारी भागेको थिए ।

प्राथमिक उपचार केन्द्र दिङ्लामा उपचार हुन नसकेपछि महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको डीएसपी मगरले बताए । घटनामा संलग्नहरुको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>