नवलपुर

नवलपुरमा नारायणी अनलाइनका संवाददाता पंगेनीसहित तीन पत्रकार सम्मानित

Banner

नवलपुर, मंसिर ४-

गैँडाकोट  नगरपालिका–५ मा रहेको शाइनिङ आवासीय माविले आफ्नो रजत जयन्तीको अवसर पारेर बुधबार पत्रकार र साहित्यकारलाई सम्मान गरेको छ ।

नवलपुरमा रहेर पत्रकारिताको माध्यमबाट समाजको विकास र जनताको आवज बनेर सक्रियरुपमा कलम चलाउन प्रयासरत रहेको भन्दै नारायणी अनलाइनका नवलपुर संवाददाता ज्ञानु पंगेनीसहित जिल्लाका अन्य तीन पत्रकारलाई सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ नवलपुर अध्यक्ष तथा गोरखापत्रका संवाददाता होमराज रानाभाट, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कोषध्यक्ष एवम् एबीसी टेलिभिजनका संवाददाता दिपक भट्टराई र प्रेस चौतारी नवलपुरका अध्यक्ष एवम् समृद्धि खबर साप्ताहिकका संरक्षक हिमालदेव पंगेनीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रममा सम्म्मानित व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिति प्रा. डा. चुडामणि बन्धु, कार्यक्रम संयोजक ईन्दिरा चापागाई दवाडीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यसैगरी कार्यक्रममा साहित्कार डा. नारायणप्रसाद खनाल, कविवर गोविन्दराज विनोदी , गायत्री श्रेष्ठ , प्रकाश चापागाईँ र केदारनाथ खनाललाई पनि दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । साहित्यको माधयमबाट समाजभित्रका कुसंस्कार र कुरीतिलाई चिर्न स्रष्टाहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको कार्यक्रम संयोजक ईन्दिरा चापागाईँ दवाडीले बताइन् । कार्यक्रममा शूर्पणखा खण्डकाव्यमाथि अन्तरक्रिया कृति लोकार्पणसमेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि खनाल र अध्यक्ष दवाडीले कृतिको संयुक्तरुपमा लोकार्पण गरे ।

यस्तै नवलपुर र चितवनका अग्रज साहित्यकारहरुले आफ्नो आफ्नो रचनासमेत वाचन गरेका थिए । विद्यालयले रजत जयन्तीका अवसरमा मंसिर २ गते पूर्वविद्यार्थीसँगको बैठक सम्पन्न गरिसकेको छ भने मंसिर ८ देखि १० गते सम्म आन्तरिक खेलकुद प्रतियोगिता, ११ गते देखि १३ गते सम्म अतिरिक्त क्रियाकलाप, १५ गते शिक्षामा शाइनिङको भूमिका विषयक अन्तरक्रिया, १८ गते भूपू विद्यार्थीबीच अन्तरक्रिया तथा सम्मान कार्यक्रम गर्ने जनाएको छ ।

यस्तै २० गते अभिभावकको सुझाव संकलन, २१ गते पूर्वविद्यार्थी सम्मेलन, २३ गते शैक्षिक विकासका लागि लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानव अधिकार विषयक अन्तरक्रिया, २४ गते दन्त शिविर, २५ गते आँखा शिविर, २६ गते स्वास्थ्य परीक्षण, २७ गते शिक्षक कर्मचारीबीच खेलकुद प्रतियोगिता, २८ गते खुल्ला भजन प्रतियोगिता तथा ज्येष्ठ अभिभावक सम्मान, २९ गते लागूपदार्थ दुव्र्यसन नियन्त्रणमा समाजको भूमिका विषयक वतृत्वकला, ३० गते समुदायमा सरसफाई ¥याली आयोजना गरिएको छ ।

पुस २ गते अन्तर विद्यालयस्तरीय जंक आर्ट प्रतियोगिता, ४ गते अभिभावकबीच हाजिरीजवाफ तथा म्युजिकल चेयर एवम् विविध प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम र ८ गते रजत वर्ष समापन समारोह आयोजना गरिने विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद दवाडीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>