देश/प्रदेश
नेकपा सचिवालय बैठकः नयाँ मन्त्रीको टुंगो लागेन
०

काठमाडौं, मंसिर ४–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको बैठकले नयाँ मन्त्री नियुक्ती बारे कुनै निर्णय गर्न सकेन् ।
मन्त्रिमण्डल पुनर्गठनबारे प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सचिवालय बैठकले नयाँ मन्त्री नियुक्ती बारे ठोस निर्णय लिन नसकेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ मन्त्रीको नाम सिफारिस गर्ने अपेक्षा गरिएको थियो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रको विषय भएको भन्दै छिट्टै यसबारे प्रधानमन्त्रीले निर्णय लिने विश्वास व्यक्त गरे । सचिवालय बैठक झण्डै ३ घण्टा बसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























