चितवन विशेष
भरतपुरमा एनएमबी बैंकको निःशुल्क स्वास्थ्य परीक्षण,२१३ जनाको लिए सेवा

चितवन,मंसिर ४-
एनएमबी बैंकको नारायणगढ शाखा र सेन्ट्रल हस्पिटल भरतपुरको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा २१३ जनाले सेवा लिएका छन् । भरतपुर महानगरपालिका वडा नं. २ देवकोटाचोकमा आज बुधबार आयोजित शिविरमा १४२ जना महिला र ७१ पुरुषको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
बैंकका नारायणगढ शाखा प्रबन्धक विष्णु पौडेलका अनुसार कार्यक्रममा सेन्ट्रल हस्पिटलका हार्डजोर्नी रोग विशेषज्ञ डा. सुशील थापा र फिजिसियन डा. नवराज अधिकारीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

स्थानीय ९७ वर्षिया पवित्रा देवकोटाको स्वास्थ्य परीक्षण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । सो अवसरमा आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरेको हो । यस अघि पनि बैंकले विभिन्न सामाजिक कार्य गर्दै आएको प्रबन्धक पौडेलले जानकारी दिनुभयो । एनएमबी नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त वाणिज्य बैंक हो ।

























