देश/प्रदेश
चार दिनदेखि युवती सम्पर्कविहीन,खोजी गरिदिन परिवारको आग्रह
०

तम्घास मङ्सिर , ४
गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन् । मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।
छोरी सम्पर्कविहीन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरीचौकी, इस्मामा उजुरी पनि दिएका छन् तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन । पूजाले इस्मा गाउँपालिका–४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् । छोरी सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । पूजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरीचौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६ वा ९८६७४९२६३० मा सम्पर्क गरी सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























