देश/प्रदेश

वीरगन्जमा काँग्रेस सांसद र नगर सभापतिबीच कुटाकुट

Banner

काठमाडौँ मंसिर ४-

नेपाली काँग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ ।

बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि प्रदेशसभा सदस्य समेत रहेका शर्मा र नगर सभापति कलवारबीच कुटाकुट भएको हो ।

नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले विरोध गर्दा नगर सभापति हातपातमा उत्रिएको शर्माले जानकारी दिए ।नगर सभागृहबाट नगरपालिकालाई वर्षको दुई लाख दिने गरेको र एउटा विवाहबाट ५ लाखबढी उठाउने गरेको शर्माको बताए ।उनले भने, ‘जनप्रतिनिधिका रुपमा मैले त्यसको विरोध गर्दै आएको थिएँ । आज विहान नगर सभापतिले २०–२२ जनासहित ममाथि आक्रमण गर्नु भयो । त्यसको प्रतिकार गर्दा लफडा भएको हो ।’

कलवारको बदमासीबारे यसअघि नै पार्टी सभापति समेतललाई जानकारी गराएको सांसद शर्माले बताए ।

यता काँग्रेस नगर सभापति कलवारले भने आफूलाई तल्लो स्तरको गाली गरेपछि सहन नसकेर लफडा भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘जनप्रतिनिधिले जे पायो त्यही बोल्न मिल्छ रु गालि गलोजमा उत्रिएपछि लफडा भएको हो । उनको टाउको र नाकमा चोट लागेको बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>