नवलपरासी

मधेससंग परेको लभ झनै गहिरो भएको छ, डिर्भोस हुदैनः प्रचण्ड

Banner

बिकास अधिकारी,

परासी मंसिर ४-

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मधेससंग आफ्नो प्रेम अझै गहिरो हुदै गएको बताउनुभएको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित नवलपरासी औद्योगिक व्यापार मेला २०७६ को उद्घाटन गर्दे अध्यक्ष प्रचण्डले मधेसी जनतासंग आफु झनै नजिक भएको बताउनुभयो । मधेससंग परेको लभ डिर्भोस भएको भन्ने भनाईको खण्डन गर्दे अध्यक्ष प्रचण्डले डिर्भोस कहिल्यै नचाहेको उल्लेख गर्दे अझै गहिरो लभ परेको बताउनुभयो । प्रचण्डले भन्नुभयो ः मधेसि जनता संग परेको लभ डिर्भोस भएको छैन्,गर्नेवाला पनि छैन्,प्रेम अझै गहिरो भएको छ तपाईहरुले डिर्भोस चाहानुभएको हो र ? भन्दै प्रतिप्रश्न गर्नुभयो ।

पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले संविधान अपरिर्वनिय विषय नभएको बताउदै समयाअनुकल परिर्वतन गर्न सकिने धारणा व्यक्त गर्नुभयो । मुलुकको राष्ट्रियता संग जोडिएको सवाल बाहेकका मुद्धामा सहमतिको आधारमा संविधान संसोधन गर्न सकिने भन्दै आफुले नै पटक पटक संविधान संसोधनको प्रस्ताव दर्ता गरेको दृष्टान्त प्रचण्डले प्रस्तुत गर्नुभयो । भगवान गौतम वुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपको बारेमा चर्चा गर्दे अध्यक्ष प्रचण्डले आफुले राष्ट्रसंघ सम्मै रामग्राम स्तुप, लुम्बिनी, तिलौराकोट लगाएको विकासको लागी योजना प्रस्तुत गरेको पनि स्मरण गराउनुभयो ।

नवलपरासीमा आद्यौगिक विकासको प्रचुर सम्भावना रहेको जिल्ला भएको बताउदै यस्को विकासका लागी आफुले सक्दो पहल गर्ने प्रचण्डको भनाई छ । औद्योगिक क्षेत्रको विकासका लागी निजि क्षेत्रलाई प्रोत्साहन गर्ने कि नगर्ने भन्ने विषय महत्वपुर्ण भएको प्रचण्डको भनाई छ । बिरालो कालो छ कि सेतो भनेर हेर्ने कि मुसा मार्छ कि मार्देन भनेर सोच्ने यो मुख्य विषय भएको प्रचण्डले बताउनुभयो ।

जस्ले विरालो जस्तो भएपनि मुसा मार्छ वा मार्देै भन्ने ध्यान पुर्याए ति देशका अर्थतन्त्र प्रगतिको गतिमा अगाडी बढेको र जस्ले विरालोको रंगमै अल्झिए उनिहरुको अर्थतन्त्र डामाडोल भएको प्रचण्डको धारणा थियो । मेला उद्घाटन अघि प्रचण्डले परासीमा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले नै जनताका समस्या समाधान गर्ने दाबी गर्दे सबैलाइ एक जुट भएर लाग्न आह्वान गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>