खैरहनी

चितवनको खैरहनीका नेकपा नेता काँग्रेसमा प्रवेश

Banner

चितवन,मंसिर ३-

चितवनको खैरहनीमा नेकपाका नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । तत्कालिन माओवादी केन्द्रका जिल्ला सदस्य देवेन्द्र चौधरी र स्थानिय कार्यकर्ता श्याम बराली काँग्रेसमा प्रवेश गरेका हुन् । उनिहरुलाई काँग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले टिका र माला लगाएर पार्टी प्रवेश गराए ।

उपनिर्वाचनको चुनावी अभियान अन्तर्गत विभिन्न पार्टीबाट काँग्रेस प्रवेशको कार्यक्रम राखिएको श्रेष्ठले बताए । उनले उपनिर्वाचन हुने वडाहरुमा तीब्र रुपमा घरदैलो भइरहेको जानकारी दिए । उपनिर्वाचन हुने वडाहरुमा केन्द्रिय नेताहरु समेतको सहभागितामा सभाको आयोजना गरिने श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>