लुम्बिनी

नेपाली भूमि कब्जा गरेको भन्दै दाङमा मोदीको शवयात्रा र पुत्ला दहन

Banner

दाङ,मंसिर ३-

नेपाली भूमि कब्जा गरेर जाली नक्सा तयार गरेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लमहीमा पुत्ला दहन गरिएको छ । राष्ट्रिय जनमोर्चा लमही नगर समितीको आयोजनामा मोदीको पुत्ला बोकेर शंख बजाउँदै शवयात्रा निकालिएको हो ।

पुत्ला अन्त्येष्टि पछिको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले भारतले विभिन्न माध्यमबाट नेपालको स्वाधिनता माथि धाबा बोलेको बताए । अहिले जसरी सुगौली सन्धी पछिको नेपाली सिमा मिच्ने र नेपाली भुभाग नै आफ्नो बनाउने काम भारतले गरेको छ, यसलार्इ सुधार नगरे सुगौली सन्धी अघिको पुर्ब टिस्टादेखि पश्चिम कागडासम्मको भूमिमा नेपालीले दाबी गर्नुपर्छ’ आचार्यले भने।

कार्यक्रमलाई रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगीले पनि सम्बोधन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>