नवलपुर
कावासोतीमा क्यान्सर सचेतना कार्यक्रम
०

नवलपुर, मंसिर ३-
क्यान्सरविरुद्ध नेपाली युवा, रोटरी क्लब अफ कावासोती, रोट्¥याक्ट क्लब अफ कावासोती र दारी ग्याङको संयुक्त आयोजनामा कावासोतीको मध्यबिन्दु बहुमुखी क्याम्पसमा सोमबार क्यान्सर सचेतना कार्यक्रम गरिएको छ ।
रोट्¥याक्ट क्लब अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ कावासोतीका अध्यक्ष भरत पोख्रेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेप्लिज युथ एगेन्स्ट क्यान्सरका केन्द्रीय सदस्य अमित सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा करिब २०० जना विद्यार्थीको सहभागिता रहेको थियो । साथमा क्यान्सर सचेतनाको नाटक पनि देखाइएको थियो । यस्ता कार्यक्रमले क्यान्सर रोकथाममा ठूलो भूमिका खेल्नेमा कार्यक्रमका वक्ताहरुले मन्तव्य राखेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























