खैरहनी

खैरहनीमा १२० जनाले लिए अपाङ्गता परिचयपत्र

Banner

चितवन, मंसिर २

चितवनको खैरहनी नगरपालिकाले अहिले सम्म १२० जना अपाङ्गता भएकालाई परिचयपत्र वितरण गरेको छ ।

सरकारले गरेको अशक्तताको चार वर्गीकरणमा परेका उनीहरुलाई नगरपालिकाले परिचत्रपत्र प्रदान गरेको हो ।

गत वर्ष ४९ जनाले मात्र परिचयपत्र पाएकोमा यस वर्षको मंसिर २ गतेसम्म थप ७१ जनाले परिचयपत्र पाएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख एवम् महिला तथा बालबालिका निरीक्षक कृष्णकुमारी गुरुङले जानकारी दिइन् । अहिले सम्म २२ जनाले रातो कार्ड पाएका छन् । रातो कार्ड पाउनेलाई पूर्ण अशक्त मानिन्छ ।

त्यस्तै अति अशक्त एवम् निलो कार्ड ४२ जनाले पाएका छन् । ३३ जनाले पहेंलो तथा २३ जनाले सेता कार्ड पाएका महिला तथा बालबालिका शाखा प्रमुख गुरुङले बताइन् । पहेंलो कार्ड पाउनेलाई मध्यम र सेतो कार्ड पाउनेलाई सामान्य अशक्तको रुपमा वर्गीकरण गरिएको छ । रातो कार्ड पाउनेले मासिक तीन हजार र निलो कार्ड पाउनेले मासिक एक हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने महिला तथा बालबालिका सहायक निरीक्षक बिमला रानाभाटले बताइन् । पहेंलो र सेतो कार्ड पाउनेलाई उपचार र यातायातमा छुट हुने व्यवस्था भए पनि त्यसो नभएको गुनासो आउने गरेको छ । नगरपालिकाले सोमबार मात्रै ९ जनालाई कार्ड वितरण गरेको छ । दुई जनालाई रातो, चार जनालाई निलो र तीन जनालाई पहेंलो कार्ड प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>