नवलपुर

गैडाकोटको शाइनिङ आवासीय माविले रजत जयन्ती मनाउने

Banner

गैडाकोट,मंसिर १-

नवलपुरको गैडाकोटमा रहेको शाइनिङ आवासीय माध्यामिक विद्यालयले रजत जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ । विद्यालयले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गरेर रजत जयन्तीका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

विद्यालयले रजत जयन्तीका अवसरमा मंसिर २ गते पूर्व विद्यार्थीहरुसंगको वैठक, ४ गते कविता वाचन तथा पत्रकार र स्रष्टा सम्मान एवंम अन्तरकृया, ८ देखि १० गते सम्म आन्तरिक खेलकुद प्रतियोगिता, ११ गते देखि १३ गते सम्म अतिरिक्त क्रियाकलाप, १५ गते शिक्षामा शाइनिङको भूमिका विषयक अन्तरक्रिया, १८ गते भूपु विद्यार्थीहरु विच अन्तरक्रिया तथा सम्मान कार्यक्रम गर्नेछ ।

यस्तै २० गते अभिभावकको सुझाव संकलन, २१ गते पूर्व विद्यार्थी सम्मेलन, २३ गते शैक्षिक विकासका लागि लैंगिकतामा आधारित हिंसा न्यूनिकरण र मानव अधिकार विषयक अन्तरक्रिया, २४ गते दन्त शिविर, २५ गते आँखा शिविर, २६ गते स्वास्थ्य परिक्षण, २७ गते शिक्षक कर्मचारी विच खेलकुद प्रतियोगिता, २८ गते खुल्ला भजन प्रतियोगिता तथा ज्येष्ठ अभिभावक सम्मान, २९ गते लागु पदार्थ दुव्र्यसन नियन्त्रणमा समाजको भूमिका विषयक बक्तृत्वकला, ३० गते समुदायमा सरसफाई ¥याली आयोजना गरिएको छ ।

पौष २ गते अन्तर विद्यालय स्तरीय जंक आर्ट प्रतियोगिता, ४ गते अभिभावकविच हाजिरीजवाफ तथा म्युजिकल चेयर एवं विविध प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम र ८ गते रजत वर्ष समापन समारोह आयोजना गरिने विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

२०५१ सालमा पाँच जना शिक्षकले ४० जना विद्यार्थी अध्यापन गराएर स्थापना गरेको स्कूलले २५ औ बर्षसम्म आइपुग्दा नर्सरीदेखि कक्षा १२ सम्मका विभिन्न संकाय संचालन गरेको उहाँले बताउनुभयो । सवै कक्षामा मल्टी मिडिया प्रणाली अनुसार अध्यापन गराउने साइनिङले विद्यालयमा विज्ञान, कम्युटर एवं होटल व्यवस्थापनका लागि अत्याधुनिक प्रयोगशाला, कक्षा ३ देखि १२ सम्म प्रयोगात्मक कक्षा सहित कम्युटर विषयको अध्यापन हुने गरेको विद्यालयका संस्थापक इन्दिरा चापागाईले जानकारी दिनुभयो ।

विद्यालयमा कक्षा १२ सम्म विभिन्न संकायमा गरी १ हजार १ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा व्यवस्थापन, शिक्षा, मानविकी र विज्ञान संकायको पठनपाठन हुँदै आएको छ । हरेक वर्ष एसईईमा र कक्षा १२ को बोर्ड परिक्षामा विद्यालयले उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको चापागाईले बताउनुभयो । रजत जयन्तीले समाजका विभिन्न पक्षहरुसंग विद्यालयको आत्मिय सम्बन्ध स्थापित हुने र गुणस्तरिय शिक्षाका लागि थप जिम्मेवार बोध गराउन प्रेरणा मिल्ने उहाँको धारणा छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद अधिकारी,पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट,प्रेस संगठन नवलपुरका अध्यक्ष हिमालदेव पंगेनी लगाएतले बोल्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>