खैरहनी

खैरहनीमा स्थायी भएका प्राथमिक शिक्षकको पदस्थापन

Banner

चितवन, मंसिर १-

शिक्षक सेवा आयोगबाट छनौट भएका प्राथमिक शिक्षकलाई खैरहनी नगरपालिकाले आइतबार पदस्थापन गरेको छ ।

खैरहनीमा १९ जना शिक्षकहरु छनौट भएका छन् । उनीहरु सबै महिलानै छन् । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले प्राथमिक शिक्षकहरुलाई पदस्थापन पत्र हस्तान्तरण गरे । नगरपालिका भित्रका विद्यालयमा आवश्यकताअनुसार उनीहरुलाई विद्यालयनै तोकेर पदस्थापन गरिएको स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले बताए । प्राथमिक शिक्षकलाई कक्षा ५ सम्म अध्यापन गराउन तोकिए पनि विद्यालयको आवश्यकता अनुसार कक्षा ८ सम्म अध्यापन गराउन सकिने स्थानीय शिक्षा अधिकारी पौड्यालले जानकारी दिए ।
पदस्थापन कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर चौधरीले सामुदायिक विद्यालयमा सरकारले लगानी गरे अनुसार प्रतिफल आउन नसकेको भन्दै प्राथमिक शिक्षकहरु जिम्मेवार बन्नुपर्ने बताए । किताबी ज्ञान मात्र नभई नैतिक र सामाजिक ज्ञानसमेत दिनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै खैरहनी नगरपालिका–७ का वडाध्यक्षसमेत रहेका सामाजिक विकास समिति संयोजक मनेजर चौधरीले शैक्षिक गुणस्तर वृद्धि गर्न प्राथमिक शिक्षकहरु सचेत बन्नुपर्ने बताए । चितवनको सात पालिकामा २४८ जना प्राथमिक शिक्षकलाई पदस्थापनका लागि सिफारिस गरिएको छ । खैरहनीमा पदस्थापन भएका प्राथमिक शिक्षकहरुले अंग्रेजी, नेपाली, सामाजिक विषयमा स्नाकोत्तर र स्नातक तह उर्तिण गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>